विश्वलाई शान्तिको अझ बढी आवश्यकता छ : प्रधानमन्त्री

0

नवलपरासी \  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले विश्वलाई शान्तिको अझ बढी आवश्यकता परेको बताउनुभएको छ ।

नवलपरासीको रामग्राममा आयोजित विश्व शान्ति कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “बुद्धका सिद्धान्त, विचार र दर्शनहरु कहिल्यै पुराना हुँदैनन् । ती मानवजाति रहेसम्म बुद्धका शिक्षाको औचित्य, आवश्यकता र महत्त्व झन् दिन प्रतिदिन बढ्दै गएको छ । आजको विश्वमा शान्तिको महत्त्व अझ बढ्न गएको छ ।”

उहाँले लुम्बिनी जस्तो पावन भूमिबाट विश्व समुदायलाई विशेष रुपले शान्तिका निम्ति अपिल पनि गर्नुभयो । रामग्रामको विकासका निम्ति भएका कार्यक्रममार्फत हुने प्रतिबद्धताले उक्त क्षेत्रको महत्त्व झन् बढेर गएको उहाँको भनाइ थियो  । प्रधानमन्त्रीले संयुक्त राष्ट्रसङ्घका महासचिव आउनुभएको प्रसङ्ग स्मरण गर्दै अगाडि भन्नुभयो, “मैले राष्ट्रसङ्घका महासचिवलाई नेपालमा जलवायु परिवर्तनको प्रभावको अवलोकन गर्न निमन्त्रणा दिएको थिएँ । उहाँको आगमनले नेपालको शान्तिको कामना र जलवायु परिवर्तनको असरबाट नेपाल र नेपाली जनताको रक्षाका निम्ति एउटा नयाँ प्रतिबद्धता प्रस्तुत भयो ।”

Leave A Reply

Your email address will not be published.