पाल्पाको मैनादीमा आज सुन्तला महोत्सव

0

पाल्पा \ पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नं. ७ मैनादीमा जिल्लामै पहिलो पटक सुन्तला महोत्सव हुँदैछ । पालिकामै धेरै सुन्तला उत्पादन हुने उक्त स्थानमा आज मंसिर १६ गते एकदिने सुन्तला महोत्सव हुन लागेको हो।

पछिल्ला वर्षहरुमा सुन्तला खेती विस्तार भएसँगै किसानलाई सुन्तलाको विविधीकरण र प्रवर्द्धनका लागि महोत्सव हुन लागेको वडा नं. ७ का अध्यक्ष दान बहादुर कुँवरले बताए । वडा कार्यालयले आयोजना गरेको सुन्तला महोत्सवमा सरोकारवाला निकायले सहयोग गरेको उनले बताए ।

मैनादीसहित यो पालिकाका किसानले अन्य खेती छाडेर पनि सुन्तला खेती गर्दै आएका छन् । बढ्दो उत्पादनबाट धेरै आम्दानी लिनका लागि सुन्तालाको विविधीकरण तथा बजारीकरणमा महोत्सवले सहयोग मिल्ने अपेक्षा गरिएको छ ।

जिल्लामा पहिलो पटक हुन लागेको सुन्तला महोत्सवमा माटो परीक्षण, रोग किरा सम्बन्धी उपचारबारे जानकारी, यान्त्रीकरण लगायतका विषयमा किसानलाई जानकारी पनि दिइने गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले बताए।

Leave A Reply

Your email address will not be published.