वन ऐन संशोधनपछि ठुलो क्रान्ति हुनेछ : प्रधानमन्त्री

0

काठमाडौं \  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुकुम्वासी समस्या समाधान गर्न एक हप्ताभित्रै ऐन संशोधन गर्ने बताउनुभएको छ । उहाँले वन ऐन संशोधनपछि एउटा ठुलो क्रान्ति हुने विचार पनि व्यक्त गर्नुभयो ।

सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीको वेबसाइट सार्वजनिक गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले एक हप्ताभित्र सुकुम्वासी समस्या समाधान गर्ने गरी पुराना ऐनहरू संशोधन गर्ने निर्णय गरिएको बताउनुभयो ।

उहाँले सुकुम्वासी स्ववासी, अव्यवस्थित बसोवासी र उनीहरूको समस्या समाधान गर्न ऐन नै संशोधन गर्ने बताउनुभयो । प्रधानमन्त्रीले वनले गर्दा विकास सबै रोकिने स्थिति बनेको उल्लेख गर्दै पुराना ऐनहरू संशोधन गर्ने पनि बताउनुभयो । उहाँले वन ऐन संशोधनपछि एउटा ठुलो क्रान्ति हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, ‘‘हिजो एउटा ठुलो कुरा गरिएको छ । एक हप्ताभित्र सुकुम्वासी समस्या हल गर्नका लागि ऐन संशोधन गर्ने निर्णय गरिएको छ । हेर्नुहोला गरिन्छ । सुकुम्वासी स्ववासी, अव्यवस्थित बसोवासी, उनीहरूको समस्या हल गर्न ऐन नै संशोधन गरिन्छ । वनले गर्दा विकास सबै रोकिने स्थिति बनेको छ । कतिपय २०२९ सालका ऐन छन् । त्यसले सब रोकेर बसेको छ । मान्छे मरे पनि रुख काट्न नपाइने । स्कुलको अघि एउटा रुख रहेछ, त्यो रुख वनमा परेको रहेछ । वनको नाममा रहेछ त्यो रुख । त्यो रुख ढलेर एउटा विद्यार्थी मर्‍यो, तर त्यो रुख काट्न वनले अनुमति दिएन, स्कुलको कम्पाउण्डमा । भनेपछि हाम्रा ऐन कस्ता खालका छन् । विकास, निर्माण, जनताभन्दा पनि अरू नै केही कुरालाई महत्त्व दिनेछन् ।

Leave A Reply

Your email address will not be published.