मधेसी मोर्चाले एमाले बैठक बिथोले

0

सिरहा, १९ असोज । संयुुक्त लोकतान्त्रिक मधेसी मोर्चा र वैद्य नेतृत्वको नेकपा माओवादीका नेता तथा कार्यकर्ताले आज दिउँसो सिरहामा नेकपा (एमाले)को क्षेत्रीय बैठक बिथोलेका छन् । सिरहाको विष्णुुपुुरकट्टी–८ स्थित गडमेमा बसेको नेकपा (एमाले) क्षेत्र नम्बर ४ को बैठक मोर्चा र वैद्य माओवादीका कार्यकर्ताले बिथोलेका हुुन् । एमाले मधेस विरोधी पार्टी भएको भन्दै बैठक बिथोलेको मोर्चाका नेताले जनाएका छन् ।
सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य राजलाल यादवको नेतृत्वमा पुुगेका मधेसी मोर्चाका सयौँ कार्यकर्ता र वैद्य नेतृत्वको जिल्ला नेताले एमालेको कार्यक्रम स्थलमा पुुगेर बिथोलेका हुन् ।
एमालेका जिल्ला सदस्य रामऔतार यादवको प्रमुुख आतिथ्यमा बैठक बसेको थियो । मोर्चाका कार्यकर्ताले बैठक बसेको ठाउँमा ढुुङ्गामुुढासमेत गरेका थिए ।
बैठक बस्न नदिएपछि आ–आफ्नो घर हिँडेको अवस्थामा मोर्चाका कार्यकर्ताले एमाले कार्यकर्तालाई बाटोमै घेरेर कुुटपिटसमेत गरेका छन् । एमालेका जिल्ला सदस्य रामऔतार यादवमाथि हातपात र अन्य कार्यकर्तालाई कुटपिट गरेका हुुन् ।
एमालेका करिब सातजना कार्यकर्ताको मोटरसाइकलसमेत मोर्चाका कार्यकर्ताले तोडफोड गरेका छन् । मोर्चाका कार्यकर्ताले एमालेका कार्यकर्तालाई बाटोमा घेरेर संविधानको विरोध गर्न कालो झन्डासमेत बोक्न लगाएका थिए । एमालेका जिल्ला सदस्य रामऔतार यादवसहितका दर्जनौँ कार्यकर्तालाई कालोझन्डा हातमा बोक्न लगाएर संविधानको विरोध गर्न लगाएका थिए ।

Leave A Reply

Your email address will not be published.