मुलुकको दिगो आर्थिक विकास निर्माण व्यवसायको महत्त्वपूर्ण भूमिका छ : प्रधानमन्त्री

0

काठमाडौं \  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको दिगो आर्थिक विकासमा निर्माण व्यवसायको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । बिहीबार एसियाली र पश्चिमी प्रशान्त क्षेत्रका निर्माण व्यवसायीहरुको अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

प्रधानमन्त्री प्रचण्डले दिगो आर्थिक विकास र निर्माणका लागि निजी क्षेत्रले नेतृत्व लिन आवश्यक रहेको बताउनु भयो । उहाँले नेपालले सन् २०४५ सम्म कार्वन उत्सर्जन शून्यमा ल्याउने अन्तर्राष्ट्रिय प्रतिवद्धता जनाएको भन्दै विकास निर्माणका काम पनि त्यहीअनुसार गरी रहेको जानकारी दिनुभयो । उहाँले सरकार दिगो पूर्वाधारको प्रवर्द्धनका लागि प्रतिवद्ध रहेको बताउनु भयो । उहाँले दिगो पूर्वाधार विकासको लागि सरकारको प्रमुख प्राथमिकतामा रहेको बताउनु भयो ।

प्रधानमन्त्री प्रचण्डले पूर्वाधार निर्माणले हरितगृह उत्सर्जनमा नेपालको ठूलो योगदान रहेको औंल्याउनुभयो । उहाँले दिगो पूर्वाधार विकासको लागि आर्थिक तथा नीतिगत सुधार गर्न आवश्यक पहल गर्ने बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.