बेलायतका राजा चार्ल्सद्वारा जाजरकोट भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त

0

बेलायतका राजा चार्ल्सले जाजरकोट भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुुःख व्यक्त गर्नुभएको छ ।

उहाँले राष्ट्रपति रामचन्द्र पौडेललाई बिहीवार सन्देश पठाउनुहुँदै भूकम्पबाट भएको जनधनको क्षतिको खबर सुनेर आफू तथा आफ्नो परिवार स्तब्ध र दुःखित भएको बताउनु भएकाे हाे ।

यस दुःखद् घडीमा आफ्नो प्रार्थना नेपाली नागरिकसँग रहेको बताउँदै उहाँले सबै शोकसन्तप्त परिवार र प्रभावित समुदायमा समवेदना व्यक्त गर्नुभएको छ ।

उहाँले यस कठिन अवस्थामा बेलायत सरकार नेपालको आवश्यकतानुसार सहयोग गर्न तप्पर रहेको उल्लेख गर्नुभएको नेपालमा रहेकाे बेलायती दूतावासले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.