४ वर्षको निर्वासनपछि पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफ स्वदेश फिर्ता

0

चार वर्षको निर्वासनपछि पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा मुस्लिम लिग–एनका नेता नवाज शरीफ आज शनिवार स्वदेश फर्किनुभएको छ । उहाँ यूएईबाट आज इस्लामाबाद पुग्नुभएको बीबीसी हिन्दीले जनाएको छ ।

सन् २०१७ मा पनामा पेपर्सले गरेको गैरकानुनी लगानी र सम्पत्ति आर्जनको खुलासापछि पाकिस्तानको अदालतले शरीफलाई प्रधानमन्त्री पदबाट हटाइदिएको थियो । त्यसपछि उहाँ निर्वासनमा पर्नुभएको थियो । उहाँ तेस्रो पटक पाकिस्तानको प्रधानमन्त्री बन्नुभएकोमा तेस्रो पटक नै अदालतको आदेशबाट पदच्युत हुनुभयो ।

अहिलेको सरकारसँगको मेलमिलापपछि शरीफको स्वदेश फिर्ती सहज बनेको खबरमा उल्लेख छ । पूर्व सूचना मन्त्री मरियम औरङ्गजेबले पाकिस्तानभरका नागरिक उहाँकाे प्रतीक्षामा रहेको दाबी गर्नुभएको छ ।-एजेन्सी

Leave A Reply

Your email address will not be published.