बेल्जियममा मनाइयो संविधान दिवस

0

जननिर्वाचित संविधान सभा मार्फत गणतान्त्रिक नेपालको नयाँ संविधान जारी भएको विशेष दिन (संविधान दिवस)को अवसरमा नेपाली राजदूतावास बेल्जियमले एक विशेष समारोह आयोजना गरेर संविधान दिवस मनाएको छ ।

सो अवसरमा बेल्जियम एंव युरोपियन युनियनका लागि नेपाली राजदूत गहेन्द्र राजभण्डारीले उपस्थित विशिष्ट अतिथिहरुलाई स्वागत गर्नु भएको थियो । युरोपियन युनियनको युरोपेली एक्सटर्नल एक्सन सर्भिसका एसिया प्यासिफिक विभागकी उपप्रबन्ध निर्देशक पाओला पाम्पालोनीले नेपालको राष्ट्रिय दिवसको शुभकामना दिदै नेपालको प्राकृतिक सुन्दरता र नेपालीहरुको मिलनसार व्यवहारको वर्णन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन उअप्नियोग प्रमुख सुरेश अधिकारीले गर्नु भएको थियो ।

सो अवसरमा नेपाली सांस्कृतिक झाकी, नृत्य देखाउनुका साथै नेपालको पर्यटकीय गन्तव्यको सुन्दरता झल्काउने भिडियो प्रदर्शनी गरिएको थियो । कार्यक्रममा युरोपेली संसद र बेल्जियमको सङ्घीय संसदका सदस्यहरु, विभिन्न देशका राजदुतहरु, नियोग प्रमुख र कूटनीतिक समुदायका सदस्य, युरोपियन युनियनका उच्च पदस्थ पदाधिकारीहर र बेल्जियम सरकारका प्रतिनिधिका साथै नेपालका शुभचिन्तक मित्रहरुको उपस्थिति रहेको थियो ।

बेनेलक्स देशमा रहेका नेपाली समुदायका अग्रजहरु र विभिन्न संघ संस्थाका पदाधिकारी एबम दुतावास परिवार उपस्थित भएको कार्यक्रम ब्रसेल्स सहरको केन्द्रमा रहेको ग्रान्ड–प्लेसमा अवस्थित ऐतिहासिक सिटी हलमा भएको थियो ।

Leave A Reply

Your email address will not be published.