प्रदेश प्रमुखद्धारा मन्त्रिपरिषद् पुर्नगठन एंव कार्य विभाजन

0

हेटौंडा \  बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् पुर्नगठन एंव  कार्यविभाजन गर्नुभएको छ । प्रदेश प्रमुख शर्मा विहीबार नेपालको संविधानको धारा १६८ को उपधारा(९) बमोजिम मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिस बमोजिम मन्त्रिपरिषद् पुर्नगठन एंव कार्य विभाजन गर्नुभएको हो ।

बागमती प्रदेश सरकारमा अब भने मुख्यमन्त्रीको जिम्मेवारी शालिकराम जम्कट्टेललाई दिइएको छ । त्यस्तै कार्य विभाजनमा बहादुर सिं लामालाई आर्थिक मामिला तथा योजना मन्त्रालय, गंगा नारायण श्रेष्ठलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कुमारी मोक्तानलाई सामाजिक विकास मन्त्रालय, युवराज दुलाललाई भौतिक पूर्वाधार विकास मन्त्रालय, तीर्थ बहादुर लामालाई खानेपानी, ऊर्जा तथा सिचाईं मन्त्रालय दिइएको छ।

त्यस्तै,  रामकृष्ण चित्रकारलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, डा. राजेन्द्रमान श्रेष्ठलाई कृषि तथा पशुपन्छी मन्त्रालय, लक्ष्मण लम्साललाई श्रम, रोजगार तथा यातायात मन्त्रालय, पुकार महर्जनलाई संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय, उत्तम जोशीलाई स्वास्थ्य मन्त्रालय र मसिना खड्कालाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी प्रदान गरेको छ ।
सरकारमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सहित १२ मन्त्रालय रहेका छन् ।

Leave A Reply

Your email address will not be published.