एक महिनाभित्र सहमतीय सरकार

0

सुरुङ्गा (झापा) ११ असोज । नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले एक महिनाभित्र राष्ट्रिय सहमतिको सरकार बन्ने बताउनुभएको छ । भद्रपुर नगरपालिका–१ स्थित मेची नदीमा निर्माण हुन लागेको झोलुङ्गे पुलको आज शिलान्यास गर्दै उहाँले अब बन्ने नयाँ सरकार बहुमतीय प्रक्रियाबाट नबन्ने निश्चित भएको जिकिर समेत गर्नुभयो । नेता सिटौलाले जारी संविधानमा चित्त नबुझाएका दलले सङ्घीयता, सीमाङ्कन, प्रदेश लगायत विषय बाहेक अन्य सबै विषयमा सहमति जनाएको धारणा राख्नुभयो ।
सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले उपलब्ध गराएकोरु तीन करोडको लागतमा उक्त पुल निर्माण हुन लागेको हो ।
कार्यक्रममा सांसद सुधिरकुमार शिवाकोटी, अमृतलाल राजवंशी, मोहन टुडु, काँग्रेसका झापा सभापति उद्धव थापा, नेकपा (एमाले)का क्षेत्रीय सभापति जीवन श्रेष्ठलगायतले संविधान जारीपछिको अबको बाटो देश विकास निर्माणतर्फ हुनुपर्नेमा जोड दिनुभयो ।

Leave A Reply

Your email address will not be published.