कांग्रेस केन्द्रीय समिति बैठक बस्दै : आज बाँकी सदस्यले धारणा राख्ने

0

काठमाडौँ \ नेपाली कांग्रेस केन्द्रीय समिति बैठक शुक्रबार पनि बस्दै छ । बैठक बिहान ११ बजेबाट केन्द्रीय कार्यालय सानेपामा सुरु हुनेछ ।

शुक्रबारको बैठकमा पनि केन्द्रीय सदस्यहरूले आ आफ्नो धारणा राख्नेछन् । बिहीबारको बैठकमा ३५ केन्द्रीय सदस्यले धारणा राखेका थिए ।केन्द्रीय सदस्यहरूले पार्टीका शीर्ष नेताहरूले नै गुटको नेतृत्व गर्दा पार्टी विभाजित बनेको भन्दै आपत्ति जनाएका थिए ।

बैठकको सामाजिक सञ्जालमार्फत लाइभ हुँदै आएकोमा भने केन्द्रीय सदस्यहरूले नेतृत्वको प्रशंसा गर्दै आएका छन् । बिहीबार बोल्ने सदस्यहरुले नक्कली भुटानी शरणार्थी प्ररकणमा मुछिएका बालकृष्ण खाँणको मुद्दा जोडदार रुपमा उठेको थियो ।

संस्थापन ईतर समूहले खाँणलाई कि निलम्वन गर्न वा सरकार छाड्न भनेपछि संस्थापन पक्षका सदस्यहरु बचाउमा उत्रिएका थिए । बैठकमा बोल्ने प्रदेश सभापति समेत रहेका सदस्यहरुले भने प्रदेश समितिलाई जिम्मेवारीविहीन बनाइएको भन्दै गुनासो गर्ने गरेका छन् ।

यही साउन २ गते सुरु भएको कांग्रेस बैठक भोलिसम्म चल्ने बताइएको छ ।

Leave A Reply

Your email address will not be published.