आज कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

0

काठमाडौं \ नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक बुधबार बस्दैछ । विधान अनुसार प्रत्येक दुई महिनामा बस्नुपर्ने केन्द्रीय समिति बैठक एक वर्षपछि केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बैठक सुरु हुनेछ यस बीचमा पटक पटक बैठकको मिति तोक्दै सार्दै गरिएको थियो । केन्द्रीय समिति बैठक बुधबार बिहान ९ बजे पार्टी पदाधिकारी र पूर्व पदाधिकारीहरु बसेर बैठकका एजेण्डालाई अन्तिम रूप दिने बताइएको छ ।

बुधबारदेखि शुरु हुने वैठकमा गत मंसीर ४ गते सम्पन्न आमनिर्वाचनको समीक्षा गरिने भएको छ । यस्तै पार्टीको नीति महाधिवेशन गर्ने विषयमा पनि छलफल हुने बताइएको छ । यस्तै, सदस्यता वितरण, कार्यसम्पादन समिति बैठकका निर्णयहरूको अनुमोदनलगायतका विषय पनि बैठकका एजेण्डा हुने बुझिएको छ ।

भ्रातृ तथा शुभेच्छुक संस्थाहरुको तदर्थ समिति गठनबारे पनि छलफल हुने बताइएको छ । केन्द्रदेखि स्थानीय तहसम्मका कांग्रेस संलग्न सरकारहरुका कामको समीक्षा गर्नुपर्ने विषय पनि बैठकमा उठ्ने जनाइएको छ ।

यस्तै, भुटानी शरणार्थी प्रकरणमा पक्राउ परी मुद्दा खेपिरहेका मन्त्री बालकृष्ण खाँडलाई पार्टीबाट निलम्वन गर्नुपर्ने विषय पनि वैठकमा जोडतोडले उठाउने तयारीमा केही नेताहरु लागेका छन् । तर, पार्टी सभापति शेरबहादुर देउवा भने खाँड निलम्वनको विषयलाई वैठकको एजेण्डा नबनाउने अडानमा रहेको बुझिएको छ ।

Leave A Reply

Your email address will not be published.