प्रधानन्यायाधीश कार्कीले लिए पद तथा गोपनीयताको शपथ

0

काठमाडौं \ प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त हुनुभएको छ । उहाँले शुक्रबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

संसदीय सुनुवाई समितिले दुई दिनको सुनुवाइपछि शुक्रबारनै कार्कीको नाम प्रधानन्यायाधीशमा अनुमोदन गरेको थियो । त्यसपछि राष्ट्रपति पौडेलले उहाँलाई प्रधानन्यायाधीश नियुक्त गर्नुभएको हो । ८ महिनायता कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहनुभएका कार्की आगामी साउन २० गते सेवा निवृत्त हुँदै हुनुहुन्छ ।

Leave A Reply

Your email address will not be published.