बजेट डडेल्धुरा, गोरखा र नुवाकोट केन्द्रित भयो भन्ने सुनें : माधव नेपाल

0

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारले आगामी आर्थिक वर्षको बजेट डडेल्धुरा, गोरखा र नुवाकोट केन्द्रित भएको भन्ने सुनेको प्रतिक्रिया दिएका छन् ।

बुधवार अस्ट्रेलियाबाट स्वदेश फर्किएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले बबजेट तीन जिल्लामा मात्रै मुख्य केन्द्रित गरेर ल्याएको भन्नेबारे सरकारसँग जवाफ माग्ने बताएका हुन् । अध्यक्ष नेपालले आधार बिना बजेट तीन जिल्लामा मात्रै केन्द्रित गर्न नमिल्ने बताए ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणलाई लिएर मिश्रित प्रतिक्रिया पाएको बताए । सबै प्रक्रियालाई विचार गरेर भ्रमण भएको हो वा होइन भन्नेबारेमा पार्टीका नेता र सत्तारुढ दलका नेताहरूसँग बुझ्ने उनले बताए ।

अध्यक्ष नेपालले विदेशमा रहेका नेपालीहरूले नेपालमा लगानी गरिरहेको कुरा सुन्दा आफूलाई खुसी लागेको र अस्ट्रेलियामा पनि आफूले विभिन्न सहरमा पुगेर प्रवासी नेपालीहरूसँग भेट गरेको जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.