प्रधानमन्त्रीले नेपाली भू–भाग समेटिएकाे नक्सा सच्याउनुस् भनेर भारतसँग कुरा गर्नुपर्छ : ओली

0

काठमाण्डाै  \  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतको संसद् भवनमा राखिएकाे ‘अखण्ड भारत’ काे नक्सामा नेपालको भूमि समावेश गरिएकोबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतसँग कुरा गर्नुपर्ने बताउनुभएकाे छ । भारतको नयाँ संसद् भवनमा काठमा कुँदिएको भारतको नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु पनि रहेको भन्दै उहाँले त्याे उचित नभएकाे प्रतिक्रिया दिनुभयाे ।

अखिल नेपाल महिला सङ्घले मङ्गलवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले भारतजस्तो एउटा पुरानो, सुदृढ र नमुना लोकतन्त्र भनिएको देशले त्यस्तो व्यवहार गर्न नमिल्ने स्पष्ट पार्नुभयो । उहाँले प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमणका क्रममा त्याे नक्सा संसद् भवनबाट हटाउने कुरा भारत सरकारसँग गर्नुपर्ने बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.