सांसद अमरेशकुमार सिंहले सदनमै कपडा खोलेर जनाए विरोध

0

काठमाडौं : प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले संसदमा कपडा खोलेर विरोध जनाएका छन् ।

सोमबारको प्रतिनिधि सभा बैठकमा विशेष समय नछुट्याई सभामुख देवराज घिमिरेले नियमित कारबाहीमा जान्छौं भनेपछि सांसद सिंहले सर्ट र गञ्जी खोलेर विरोध जनाएका हुन् ।

सिंहले कपडा खोलेर विरोध जनाएपछि सभामुख घिमिरेले सभ्यताका साथ आफ्ना कुराहरू राख्न चेतावनी दिए ।

सभामुख घिमिरेले सांसद सिंहलाई प्रतिनिधि सभा नियमावलीको नियम ३० अनुसार चेतावनी दिएका हुन् ।

नियम ३० मा बैठकमा अभद्र व्यवहार गर्ने सदस्यलाई आफ्नो व्यवहार नियन्त्रण गर्न सभामुखले चेतावनी दिन सक्ने उल्लेख छ ।

Leave A Reply

Your email address will not be published.