मधेसी मोर्चाको केन्द्रीय बैठक राजविराजमा

0

सप्तरी, ६ असोज । सीमाङ्कन र नयाँ संविधान २०७२ को विरोधमा उत्रेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको केन्द्रीय समितिको हिजो मङ्गलबार राति अबेरदेखि सुरु भएको बैठक आज पनि जारी रहेको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्वारा मङ्गलबारदेखि राजविराजमा सुरु भएको बैठक आज पनि जारी नै रहेको सद्भावना पार्टीका सप्तरी जिल्ला अध्यक्ष सुनिल झाले जानकारी दिनुभयो ।
सो बैठकमा सङ्घीय समाजवादी फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतो, तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादव, र नेता हृदेश त्रिपाठी, लक्ष्मणलाल कर्ण लगायतको सहभागिता रहेको बताइएको छ । बैठकमा मधेस आन्दोलनको स्वरुप, सरकारको गतिविधि र प्रहरी प्रशासनबाट भएको दमनको विषयमा छलफल भइरहेको अध्यक्ष झाले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.