रवि लामिछाने भारी मतान्तरले विजयी

0

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवन क्षेत्र नं २ बाट दोस्रो पटक विजयी भएका छन् । 

गत मंसिर ४ गते चितवन–२ बाट विजयी भएका उनी पुनः दोस्रो पटक विजयी भएका हुन् ।

लामिछाने ५४१७६ मत ल्याएर विजयी भएका हुन् । सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेसका जीतनारायण श्रेष्ठले ११२१४ मत ल्याएर दोस्रो  भए । एमालेका रामप्रसाद न्यौपाने १०९३६  मतसहित तेस्रो बने ।

लामिछाने ४२ हजार ९६२ मतान्तरसहित विजयी भए । यो मतान्तर मत मंसिर ४ को निर्वाचनभन्दा धेरै हो । 

नागरिकता विवादमा सर्वोच्च अदालतले लामिछानेको सांसद पद खारेज गरिदिएपछि चितवन २ मा उपनिर्वाचन भएको हो ।

Leave A Reply

Your email address will not be published.