प्रधानमन्त्री दाहाल र गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीबीच भेटवार्ता

0

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गण्डकी  प्रदेश मुख्यमन्त्री  खगराज  अधिकारीबीच भेटवार्ता जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भइरहेको छ । 

गण्डकीमा सत्ता गठबन्धन दलले मन्त्रालयको संख्या टुंगो लगाए पनि मन्त्रीको टुंगो नलाग्दा मुख्यमन्त्री अधिकारी काठमाडौं आएका हुन् । आइतबार सत्तारुढ दल नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रदेशभा सातवटा मन्त्रालय मात्रै बनाउने टुंगो लगाएका थिए ।

१२ वटाबाट मन्त्रालय घटाएर सात बनाउँदा मन्त्रालयको कार्यक्षेत्र पनि हेरफेर गरिएको छ । आइतबार संख्या टुंगिए पनि गठबन्धनका नेताहरुले सोमबार बिहान मात्रै मन्त्रालयको कार्यक्षेत्र टुंग्याएका थिए ।

सातवटा मन्त्रालय बन्दा गण्डकीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्, आर्थिक मामिला मन्त्रालय, आन्तरिक मामिला तथा कानुन, भौतिक पूर्वाधार विकास, सामाजिक विकास तथा स्वास्थ्य, उद्योग, पर्यटन, वन तथा वातावरण र कृषि तथा जलश्रोत मन्त्रालय बन्नेछन् ।

Leave A Reply

Your email address will not be published.