मधेस प्रदेशमा सभामुखको उम्मेदवारी दर्ता आज

0

काठमाडौं : मधेस प्रदेशको सभामुख पदका लागि आज उम्मेदवारी दर्ता हुने भएको छ । प्रदेशसभामा बिहान ११ बजेदेखि ३ बजेसम्म उम्मेदवारी दर्ताको लागि समय तोकिएको छ ।

दलहरुले प्रस्ताव गरेको उम्मेदवारको नामावली आज नै दिउँसो ३ः३० बजे प्रकाशन हुने निर्वाचन तालिकामा उल्लेख छ ।

प्रस्ताव भएको नामहरु माघ २ गते बस्ने प्रदेशसभा बैठकमा प्रस्तुत हुनेछन् । नेकपा एमालेले सभामुख पदको लागि रामचन्द्र मण्डलको नाम प्रस्तुत गर्ने तयारी गरेको छ ।

Leave A Reply

Your email address will not be published.