नेपाल समाजवादी पार्टीले माओवादीसँग एकता गर्न वार्ता समिति बनाउने

0

काठमाडौं : नेपाल समाजवादी पार्टीले नेकपा माओवादी केन्द्रसँग एकता गर्नका लागि वार्ता समिति बनाउने भएको छ । 

नेपाल समाजवादी पार्टीको आइतबारदेखि शुरु भएको बैठकले एकता प्रक्रिया अघि बढाउन समिति गठन गर्ने निर्णय गरेको हो । 

समितिलाई माओवादी केन्द्र लगायतका अन्य पार्टीहरुसँग पनि एकता तथा ध्रुवीकरण गर्नका लागि छलफल र प्रयास गर्न अधिकार दिइएको नेताहरुले बताएका छन् ।

आजको बैठकमा पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईले ‘समाजवादी ध्रुवीकरण आजको आवश्यकता’ नाम दिइएको राजनीतिक प्रतिवेदन पेश गरेका छन् । 

अध्यक्ष भट्टराईले पेश गरेको राजनीतिक प्रतिवेदनलाई पाँच खण्डमा विभाजन गरिएको छ । 

प्रारम्भ, पार्टी निर्माणका ७ वर्ष एक सिंहावलोकन, संघ र प्रदेशको निर्वाचन २०७९ संक्षिप्त समीक्षा, समाजवादी ध्रुवीकरण आजको आवश्यकता र आगामी कार्ययोजना गरी पाँच खण्डमा विभाजन गरिएको हो । 

आगामी कार्ययोजना अन्तर्गत राजनीतिक काम, संगठनात्मक काम, प्रचारप्रसारको काम र आन्दोलन तथा अभियानको कामको योजना प्रतिवेदनमा उल्लेख भएको छ । बैठक सोमवारसम्म चल्ने छ ।

Leave A Reply

Your email address will not be published.