सरकार गठनबारे देउवा र दाहाल आज पनि छलफलमा जुट्दै

0

काठमाडौं : सरकार गठनबारे प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आज छलफल हुने भएको छ ।

शुक्रबार भएको छलफल निष्कर्षविहीन बने पछि आज पुनः छलफल हुन लागेको हो ।

दुबै नेताले प्रधानमन्त्रीको दाबी नछाडेपछि शुक्रबार साँझ बालुवाटारमा भएको छलफलमा सहमति हुन सकेको थिएन ।

दाहालले आफूलाई पहिलो चरणमा प्रधामन्त्री बनाउनुपर्ने अडान राख्दै आएका छन् ।

तर आफ्नै आकांक्षा र पार्टीको दबाबका कारण देउवा दाहालको प्रस्ताव स्वीकार गर्न तयार छैनन् । नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय आइतबार सकिँदै छ ।

Leave A Reply

Your email address will not be published.