काठमाडौं : श्रम, राेजगार तथा सामाजिक सुरक्षा मन्त्री शेर बहादुर कुँवर प्रतिनिधिसभामा निर्वाचित भएका छन् ।
एकीकृत समाजवादीले अछाम-१ बाट पहिलोपटक खाता खोल्दै उनी निर्वाचित भएका हुन् ।
निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत अछाम क्षेत्र नं १ मा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का उम्मेदवार शेरबहादुर कुँवरले १९ हजार ५३४ मत ल्याएर निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार झपटबहादुर बोहरा १५ हजार ४५ मत ल्याएका छन् ।