काठमाडौं : काठमाडौं निर्वाचन क्षेत्र नं ४ मा नेपाली कांग्रेसका गगनकुमार थापा विजयी भएका छन् ।
निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजन भट्टराईलाई पराजित गर्दै उनी विजयी भएका हुन् ।
थापाले २१ हजार ३ सय ३ मत पाएका छन् । यस्तै भट्टराईले १३ हजार ८ सय ४६ मत पाएका छन् ।