मौन अवधिमा मादक पदार्थ बेच्न निषेध

0

काठमाडौं : निर्वाचनको समयमा मादक पदार्थ बिक्री वितरण तथा सेवनमा कडाइ हुने भएको छ । निर्वाचन आयोगले निर्वाचनको मौन अवधिदेखि मतगणना कार्य पूरा नभएसम्म मादक पदार्थ बिक्री वितरण तथा सेवन गर्ने काम निषेध गर्न गृह मन्त्रालयलाई निर्देशन नै दिएको छ ।

केन्द्रीय आचारसंहिता अनुगमन समितिको निर्वाचनसँग संलग्न निकायलाई ७ बुँदे निर्देशन दिँदा गृह मन्त्रालयलाई यस्तो निर्देशन दिएको हो । केन्द्रिय आचारसंहिता अनुगमन समितिको आईतवार बसेको बैठकले मादक पर्दा जफत गर्नुपरेमा गृह मन्त्रालयमार्फत प्रहरीलाई निर्देशन दिने निर्णय गरेको हो ।

समितिका संयोजकसमेत रहेका निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहीत निर्वाचन सम्पन्न गराउनका लागि निर्वाचन कार्यमा संलग्न विभिन्न निकायलाई ७ बुँदे निर्देशन जारी गरिएको जानकारी दिए ।

बैठकले अनुगमन अधिकृत र जिल्ला आचारसंहिता अनुगमन समितिलाई हालसम्म प्राप्त भएको आचारसंहिता उल्लंघन सम्बन्धि उजुरी र सो सम्बन्धमा सोधेको स्पष्टीकरण, उजुरीको फर्छ्योट र कारबाहीको अवस्थासहितको प्रगति विवरण समितिमा वा आयोगमा पठाउन पनि निर्देश गरेको छ ।

‘निर्वाचन कसुर तथा सँजाय ऐन २०७३ को दफा २४ को उपदफा ५ बमाजिम तथा निर्वाचन आचारसंहिता २०७९को दफा १७ बमोजिम मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मत गणनाको काम पूरा नभएसम्म निर्वाचन प्रचारप्रसार सम्बन्धी कुनै पनि गतिविधि गर्न नपाउने विषयमा राजनैतिक दल तथा उम्मेदवारलाई जानकारी गराइ, सो व्यवस्थाको पालना गर्न गराउन जिल्ला आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिने । विभिन्न निकायहरुले तयार गरी पठाएका निर्वाचन आचार संहिता कार्यान्वयन कार्ययोजनालाई एकिकृत गरी तयार गरिएको कार्ययोजना स्वीकृत गरी कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने’ निर्देशनमा भनिएको छ । 

निर्वाचन आयुक्त भण्डारीले निर्वाचन आचारसंहिता उल्लंघन हुन नदिन आयोग सक्षम रहेको पनि बताएका छन् ।

Leave A Reply

Your email address will not be published.