काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन–२ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रवि लामिछानेको गाडी तोडफोड भएको छ ।
घरदैलो कार्यक्रममा प्रयोग भएको लामिछानेको गाडी तोडफोड भएको प्रहरीले जनाएको छ ।
मुग्लिङ सडक खण्डमा गाडी तोडफोड भएको सूचना आएको चितवनका एसपी नवराज अधिकारीले जानकारी दिए ।