मंसिरमा गर्नुपर्ने चुनाव सार्ने षड्यन्त्र भइरहेको छ : ओली

0

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी ओलीले विभिन्न बहाना बनाएर मंसिरको चुनाव सार्ने षड्यन्त्र भइरहेको आरोप लगाएका छन् । 

एमाले वाग्मती प्रदेश स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले दबाबका कारण स्थानीय तहको चुनाव भए पनि मंसिरको चुनाव सार्ने खतरा रहेको बताएका हुन् । 

मंसिरको निर्वाचन संबैधानिक विषय भएकाले त्यसमा तलमाथि हुनु नहुने अध्यक्ष ओलीको भनाइ छ ।

अध्यक्ष ओलीले निर्वाचन तलमाथि हुन नदिनका लागि लाग्न पार्टीका नेता र कार्यकर्तालाई निर्देशन समेत दिए । 

उनले राज्यका संस्था र अंगहरु अपवित्र पाँच दलीय गठबन्धनका मतियार भएको आरोप लगाए । गठबन्धनले देशलाई नै झगडिया बनाएको उनको दाबी छ ।

अध्यक्ष ओलीले सरकारले अर्थतन्त्रलाई वर्वादीतर्फ धकेल्दै लगेको आरोप समेत लगाए । परराष्ट्र सम्बन्धमा समातेको लय गठबन्धनले बिगारेको उनको भनाइ छ । 

ओलीले गत स्थानीय तह निर्वाचनमा वाग्मती प्रदेशको परिणामप्रति असन्तुष्टि समेत जनाए । तर आगामी चुनावबाट एमाले सरकारमा फर्किनुपर्ने उनको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.