‘प्राप्त उपलब्धि जोगाउन जति सक्दो चाँडो संविधान’

0

काठमाडौँ, २४ भदौ । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले हाल प्राप्त उपलब्धिलाई टेकेर थप उपलब्धि हासिल गर्न थारू समुदायलाई आग्रह गर्नुभएको छ । थारू राष्ट्रिय मुक्ति मोर्चाको विशेष राष्ट्रिय भेलालाई आज यहाँ सम्बोधन गर्दै अध्यक्ष दाहालले दलित, महिला, मधेसीलगायत सम्पूर्ण उत्पीडित समुदायको प्राप्त अधिकार गुम्ने सम्भावना हुने हुँदा आन्दोलनभन्दा पनि सहमतिबाट अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
शुक्रबार हुने तीन दलको बैठकमा थारू समुदायले उठाउँदै आएको मागका सम्बन्धमा छलफल गरिने र यदि त्यहाँबाट सम्बोधन नभएका खण्डमा मात्र जायज मागका लागि आन्दोलन गर्ने बारे पार्टीले छलफल गर्न सक्ने उहाँले बताउनुभयो । सोही पार्टीका नेता डा बावुराम भट्टराईले थारू समुदायका मागलाई सम्वोधन गर्न आपूmले विशेष समितिमा पहल गरिहेको बताउनुभयो । पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जनयुद्धका उपलब्धिलाई संस्थागत गर्नका लागि पनि जति सक्दो चाँडो संविधान जारी गर्नुपर्नेमा जोड दिनुभयो ।
मुक्ति मोर्चाका कावा अध्यक्ष तथा सभासद् सन्तकुमार थारूले जति सक्दो चाँडो थारू समुदायका माग पूरा गर्न आग्रह गर्नुभयो । आन्दोलनरत भेलामा सहभागीले थारू समुदाय सहमतिमा आउने सङ्केत देखिएको हुँदा केही दिनका लागि संविधान निर्माण प्रक्रिया रोक्नुपर्ने माग गरेका थिए ।

Leave A Reply

Your email address will not be published.