धरान उपमहानगर प्रमुखमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ विजयी

0

काठमाडौं : धरान उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (हर्क साम्पाङ) निर्वाचित भएका छन् । 

उनले निकटतम प्रतिद्वन्द्वी गठबन्धनकातर्फबाट नेपाली कांग्रेसका किशोर राईलाई ४ हजार ७६२ मतान्तरले पराजित गरे ।

राईले २० हजार ८२१ मत पाए भने दोस्रो स्थानमा रहेका किशोर राईले १६ हजार ५९ र तेस्रो स्थानमा रहेकी नेकपा एमालेकी मञ्जु भण्डारीले ज्ञद्द हजार ८२५ मत पाइन् ।

उपप्रमुखमा भने नेकपा माओवादी केन्द्रका अइन्द्र विक्रम बेघा २० हजार ५१० मतसहित निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका पदमप्रसाद लिम्बुले १७ हजार ६०६ मत पाए ।

Leave A Reply

Your email address will not be published.