मधेस आन्दोलनको समर्थनमा दिल्लीमा प्रदर्शन

0

काठमाडौं, १६ भदौ । नेपालको नयाँ संविधानमा मधेसीमाथि भेदभाव गर्न खोजिएको भन्दै भारतको राजधानी नयाँ दिल्लीमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । प्रस्तावित संविधानको विरोधमा उत्रिएका मधेसीविरुद्ध दमन गर्ने नीति सरकारले लिएको भन्दै उनीहरुले नयाँ दिल्लीको जन्तरमन्तरमा प्रदर्शन गरेका हुन् । मंगलबार भएको प्रदर्शनमा नेपाली तथा भारतीय विद्यार्थीको सहभागिता रहेको जनाइएको छ ।
पढ्नका लागि नेपालबाट दिल्ली पुगेका मधेसी मूलका विद्यार्थी तथा दिल्ली विश्वविद्यालयका भारतीय विद्यार्थीसमेत सो प्रदर्शनमा सहभागि थिए । संविधानसभामा मधेसीमाथि भेदभाव गरिएको, अपेक्षा अनुसार मधेसीलाई अधिकार नदिइएको तथा केही पराम्परागत शक्तिले यथास्थितीवादलाई नै निरन्तरता दिन खोजेको उनीहरुको भनाई थियो । प्रदर्शनमा सहभागी विद्यार्थीहरुले राष्ट्रिय झण्डासहित ‘आइ लभ मधेस’ लेखिएको भेस्ट लगाएका थिए ।

Leave A Reply

Your email address will not be published.