संसद बैठक बस्दै

0

प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो बस्दै छ। दिउँसो १ बजे बस्ने बैठकमा एमसीसी सम्झौता अनुमोदनका लागि टेबल हुन सक्ने अनुमान गरिए पनि बैठकको कार्यसूचीमा भने एमसीसी टेबल गर्ने विषय परेको छैन।

सभामुख अग्नि सापकोटाले बैठक अघि कार्यब्यवस्था परामर्श समितिको बैठक राखेकाले उक्त बैठकबाट एमसीसी टेबल गर्ने कार्यसूची थपिने सक्ने बताइएको छ। यद्यपी सत्ता घटकहरुबीच नै मतभेद बढेकाले एमसीसी बुधबार टेबल हुने गरी सहमति जुट्ने सम्भावना क्षीण देखिएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी टेबल गर्ने पक्षमा छन्। सरकारले जोड गरे सभामुखले एमसीसी प्रस्ताव टेबल गर्नबाट भने रोक्न नमिल्ने बताइएको छ। उता, नेकपा एमालेले बुधबारको बैठकमा पनि अवरोध जारी राख्ने जनाएको छ।

Leave A Reply

Your email address will not be published.