एसडी मुनीको सुझाव प्रम कोइरालालाई

0

काठमाडौं, १४ भदौ । नेपाल मामलाका विज्ञ मानिएका भारतीय प्रोफेशर एसडी मुनीले प्रधानमन्त्री सुशील कोइरालालाई व्यक्तिगत इगो र दलगत स्वार्थबाट माथि उठ्न सुझाव दिएका छन् । प्रोफेशर मुनीले ट्वीट गर्दै नेपालबारे विभिन्न टिप्पणीसमेत गरेका छन् । उनले थारु, मधेसी र जनजातिलाई समेटेर संघीय ढाँचामा संविधान निर्माण गर्न सुझाएका हुन् । एसडी मुनीले संघीय र लोकतान्त्रिक संविधान निर्माणका लागि नेपालमा गतिशील नेतृत्वको खाँचोसमेत औंल्याएका छन् । यसअघि उनले लिपुलेक नेपालको नभएको विवादास्पद भनाई ट्वीटरमार्फत सार्वजनिक गरेका थिए ।

Leave A Reply

Your email address will not be published.