आक्रमणमा संलग्न सबै फोरमका नेता

0

कैलाली, ९ भदौ । कैलालीको टीकापुर घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका १० जनामध्ये प्रहरीले बुधबार ७ जनाको म्याद थपेको छ भने ३ जनालाई सोधपुछपछि छाडिदिएको छ । जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद लिइएकाहरुमा कैलालीको मुनुवा गाविस वडा नम्बर–१ का रामकुमार कठरिया, राजकुमार चौधरी, दिलबहादुर चौधरी, सुन्दरलाल कठरिया रहेका छन् ।
यस्तै, सोही गाविस वडा नम्बर–४ का हरिनारायण चौधरी, भजनी त्रिशक्ति नगरपालिका वडा नम्बर–४ का प्रेमबहादुर चौधरी, जोशीपुर गाविस वडा नम्बर–४ झवहीका रामप्रसाद चौधरीलाई पनि म्याद थप गरी हिरासतमै राखिएको छ । सुन्दरलाल चौधरी, रामजनम चौधरी र खड्कबहादुर चौधरीलाई भने सोधपुछपछि छाडिएको प्रहरीले जनाएको छ । आक्रमणमा संलग्न सबै फोरमका जिल्लास्तरका नेता भएको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.