तौलिहवामा निषेधाज्ञा जारी

0

कपिलवस्तु, ३ भदौ । कपिलवस्तुको सदरमुकाम तौलिहवामा निषेधाज्ञा जारी गरिएको छ । सिमांकनको विरोध गर्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले आन्दोलन चर्काएसँगै स्थानीय प्रशासनले सदरमुकाम तौलिहवामा बिहीबारबाट निषेधाज्ञा जारी गरेको हो । प्रहरीले सदरमुकाम क्षेत्रमा नारा, जुलुस, प्रदर्शन, धर्ना र समुहमा बस्न रोक लगाएको छ । अहिले बजार क्षेत्रभरी बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
उता, सञ्चारकर्मीहरु भने आन्दोलनकारी र प्रहरीको दोहोरो चेपुवामा परेका छन् । आफूहरुले खुलेर रिपोर्टिङ गर्न नपाएको भन्दै अहिले मानवअधिकारकर्मी र सञ्चारकर्मीहरुले छलफल गरिरहेका छन् । सिमांकनको विरोध गर्दै प्रदर्शनमा उत्रिएकाहरुले आन्दोलन कडा बनाएपछि बिगत सात दिनदेखि यस क्षेत्रमा आन्दोलन चर्किएको हो । सात दिनदेखि कपिलबस्तुमा पनि यातायात, शैक्षिकसंस्था, बजार र कलकारखाना ठप्प छन् । अहिले बाक्लो प्रहरी परिचालनका कारण सदरमुकाम सुनसान छ । 

Leave A Reply

Your email address will not be published.