जस्तो पायो त्यस्तै संविधान बनाउन सकिदैनः प्रधानमन्त्री

0

काठमाडौं, १७ साउन । प्रधानमन्त्री सुशील कोइरालाले संविधान जारी गर्ने नाममा जथाभावी गर्ने कुरामा आफु सहमत नहुने बताएका छन् । आइतबार नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल चेम्बर अफ कर्मश र नेपाल उद्योग परिसंघको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री कोइरालाले सबैलाई मान्य हुने खालको ढंगबाट संविधान बनाउन आफुहरु लागि परेको बताए । उनले सिमाङकन सहितको संविधान जारी गर्ने विषयमा एमाले नेताहरुको पुरातनवादी सोचका कारण समस्या परेको बताए ।
उनले आफुले संविधान जारी भएपछि सत्ता छाड्छु भनेको तर संविधान सत्ता छाड्नका लागि मात्र ‘जस्तो पायो त्यस्तै’ बनाउन नसकिने बताए ।
उनले आफु संघीयता सहितको संविधान निर्माणको पक्षमा रहेको बताए । प्रधानमन्त्री कोइरालाले मुलुक फेरी पनि द्वन्द्धमा गए उत्रन नसक्ने भन्दै संविधान द्धन्द्धरहित ढंगबाट जारी गर्नुपर्ने बताए ।
व्यापारीहरुले खुल्ला अर्थतन्त्रमुखी बजार अवलम्बन गर्नुपर्ने लगायतका सुझावहरु दिएका छन् । प्रधानमन्त्री कोइराला श्रमीकहरुको हकअधिकारलाई पनि व्यवस्थीत गरेर जानुपर्ने धारणा राखे । प्रधानमन्त्री कोइरालालाई हिन्दुवादी संघ संस्था, मुस्लीम, थारु लगायतकाले पनि आ आफ्ना अधिकारका विषयमा ज्ञापन पत्र बुझाएका छन् ।

Leave A Reply

Your email address will not be published.