आफ्नै प्रस्ताव छाड्दा एमाले अप्ठ्यारोमा

0

काठमाडौं, १० साउन । नेकपा एमालेले संविधानका मस्यौदामा आएका सुझावलाई आधार मानेर पार्टीको प्रस्ताव तयार गर्ने भएको छ । यसअघि भएका सहमति र आएका नयाँ विषयलाई समेटेर ठोस प्रस्ताव तयार गर्न केन्द्रीय कमिटीको बैठक बस्दैछ । वैठकले प्रमुख दलहरुको पेश गर्ने नयाँ प्रस्ताव तयार गरेको छ । हिजोको स्थायी समितिका भएको छलफलका आधारमा आज केन्द्रीय कमिटीमा एजेढडा पेश गरिदैछ । केन्द्रीय कमिटीको बैठकमा एमालेले दलहरुबीच भएको सहमति र आएको सुझावलाई आधार मानेर संविधानका विषयमा ठोस धारणा बनाउनेछ । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र धार्मिक स्वतन्त्रताका विषयमा जानुपर्ने एमाले नेतृत्वमाथि दवाव परेको छ । आफ्नै प्रस्ताव छाड्दा एमाले अप्ठ्यारोमा परेको छ ।
पुराना निणर्य अनुमोदन
आजको बैठकमा संविधान निर्माण प्रक्रियासँगै स्थायी समितिको निर्णयको अनुमोदन, नियमावलीका विषयमा थप छलफल र परिमार्जन गरेर पारित गर्ने, राष्ट्रिय स्वयंवेसक अभियानको समिक्षा पनि एजेण्डाका रुपमा रहेका केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी र्दिए । स्वयंसेवक अभियानको विस्तृत प्रतिवेदन आज केन्द्रीय समितिमा पेश हुनेछ । बैठक पार्टी कार्यालय बल्खुमा बोलाइएको छ ।

Leave A Reply

Your email address will not be published.