हवाई उडान जेठ २ सम्म बन्द राख्ने उच्चस्तरीय समितिको निर्णय

0

काठमाण्डौं – कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठकले आन्तरिक तथा अन्तर्रा्ष्ट्रिय उडानलाई जेठ २ गतेसम्म बन्द राख्ने निर्णय गरेको छ। शनिबार सिंहदरबारमा बसेको समितिको बैठकले जेठ २ सम्म उडान बन्द राख्ने निर्णय गरेको हो ।

‘हवाई उडानहरु अप्रिल ३० सम्म स्थगित थियो । यसलाई १५ सम्म लम्ब्याउने निर्णय भएको छ, प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले बताए । चैत ११ गतेबाट मुलुकभर लकडाउन घोषणा भएको थियो । पछिल्लो पटक थपिएको लकडाउनको समय वैशाख १५ गते सोमबार रातिदेखि सकिँदैछ ।

त्यसअघि उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ उच्चस्तरीय रोकथाम तथा नियन्त्रण समितिको बैठक बसेर छलफल गरेको हो । समितिको छलफल, विश्लेषण र निर्णयका आधारमा लकडाउनको स्वरुप परिवर्तन हुनेछ ।

Leave A Reply

Your email address will not be published.