कम्युनिष्टहरू आफ्नै कारणले सकिन्छन: प्रचण्ड

0

काठमाण्डौं – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्टहरू आफ्नै कारणले सकिने गरेको टिप्पणी गरेका छन ।

कमिसन प्रकरणमा मुछिएका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजिनामा दिएको प्रसंग उल्लेख गर्दै कम्युनिष्टहरू सत्तामा पुगेपछि आफ्नो आदर्श भूलेर पतन हुने गरेको उनको भनाइ छ ।

शुक्रबार भक्तपुरमा नारायणविलास जोशी स्मृति प्रतिष्ठानले आयोजना गरेको भवन शिलान्यास कार्यक्रममा प्रचण्डले विश्वमा कम्युष्टिहरु आफ्नै कारणले पतन भएको भन्दै नेपालमा पनि त्यस्तो संकेत देखिएको बताएका हुन् ।

उनले वर्तमान सरकारको कामप्रति कटाक्ष गर्दै ‘आजभोलि घटना यसो हेर्‍यो भने, मान्छेहरु त बिग्रिने बिग्रिने तिर जस्तो जो देखिँदैछ’ भनेका छन्। उनले नेपालमा कम्युष्टि सकिनै लागे भन्ने आफ्नो भनाईको अर्थ नभएको भन्दै संकेत भने राम्रो नदेखिएको बताएका हुन् ।

उनले भने, ‘कम्युनिष्ट पार्टीका नेताहरु आदर्शबाट च्यूत भएपछि, शासनबाट बाहिरिन त्यहाँ पुँजिपति चाहिन्न । बन्दुक पनि चाहिन्न । आफैले आफैलाई सिध्याउने रहेछन् ।’ प्रचण्डले मुलुको पछिल्लो राजनीतिक घटनक्रमबारे प्रधानमन्त्री केपी ओलीसँग गम्भीर छलफल गर्नेसमेत बताएका छन्।

प्रधानमन्त्री ओलीले सरकार सबैतिरबाट सफल भइरहेको बताइरहेका बेला नेकपाकै अर्का अध्यक्ष प्रचण्डले भने सरकारको कामप्रति असन्तुष्टि जनाउँदै आएका छन् । यही परिवेसमा बाँस्कोटा कमिशन प्रकरणमा मुछिएपछि प्रचण्ड ओलीसँग झनै असन्तुष्ट बनेको देखिएको छ ।

Leave A Reply

Your email address will not be published.