कांग्रेस महाधिवेशन सर्‍यो

0

काठमाडौं, २५ आषाढ । नेपाली कांग्रेसले भूकम्पलाई कारण देखाउँदै १३औं महाधिवेशनको मिति सारेको छ । यसअघि, भाद्र २४ गतेबाट हुने भनिएको महाधिवेशनको मिति आगामी आश्विन पहिलो साता गर्ने गरी सारिएको हो । शुक्रबार संविधानसभा भवनमा नयाँ बानेश्वरमा बसेको काग्रेस केन्द्रीय समितिको बैठकले आगामी आश्विन २ गदेखि ५ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको हो । बैठकले भाद्र १ गते गाउँ, नगर, ७ गते निर्वाचन क्षेत्र, १० गते जिल्ला अधिवेशनको मिति तोकेको छ । यसअघि, श्रावणको १४ गतेदेखि २६ गतेसम्म गाउँ, नगर र निर्वाचन क्षेत्र र जिल्ला अधिवेशनको मिति तोकिएको थियो ।

Leave A Reply

Your email address will not be published.