कांग्रेस र राजपाको अवरोधपछि आजको प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने

0

काठमाण्डौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र राजपाको अवरोधका कारण आजको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । बैठक सुरु हुनसाथ कांग्रेस र राजपाका सांसदहरुले सर्लाहीमा ’इन*काउंटर’ मा हत्या गरिएका नेत्रविक्रम चन्द विप्लव समूहका नेता कुमार पौडेलको हत्या घटनालाई लिएर नारावाजी गरेपछि बैठक स्थगित भएको हो ।

प्रतिपक्षीले ‘कब्जामा लिएर’ प्रहरीले उनको हत्या गरेको भन्दै संसदीय छानबिन समितिको माग गर्दै आएका छन् । संसदीय सर्वोच्चता कायम गर, मानव अधिकारको रक्षा गर भन्दै उनीहरुले नाराबाजी गरेका थिए ।

सभामुख कृष्णबहादुर महराले भने संसदीय सर्वोच्चता कायम हुन संसद चल्नुपर्ने तर्क गर्दै पटक पटक आशण ग्रहण गर्न आग्रह गर्दा पनि प्रतिपक्षी सांसदहरुले अवरोध जारी राखेपछि कार्यसुचीमा प्रवेश नै नगरी आजको बैठक स्थगित भएको हो ।

यसअघि पनि सोही माग राख्दै विपक्षी दलले संसद् अवरुद्ध गर्दै आएका थिए । प्रतिनिधिसभाको अर्को बैठक पर्सी बुधबार बिहान ११ बोलाईएको छ ।

Leave A Reply

Your email address will not be published.