मधेसी दलको माग पूरा हुन्छ : देउवा

0

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मधेसी दलको माग पूरा हुने बताउनुभएको छ । इभेन्ट एन्ड भेन्यु एसोसिएसन अफ नेपालको छैटौँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले मधेसी दलका माग वार्ता र छलफलबाट समाधान हुने बताउनुभएको हो ।
उहाँले भन्नुभयो, “१०० प्रतिशत माग कसैको पनि पूरा हुन सक्दैन तर जायज माग छलफल गरेर टुङ्ग्याउन सकिन्छ ।” उहाँले सबै दलको प्रयासबाट संविधान कार्यान्वयन गरी मुलुकलाई विकासको बाटामा अगाडि लैजानुपर्ने बताउनुभयो ।
नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञवालीले १६ महिनाभित्र तीन वटै निकायको निर्वाचन नगरे संविधान धरापमा पर्ने बताउँदै संविधान कार्यान्वयनका लागि दलहरु गम्भीर हुनुपर्ने बताउनुभयो ।
नेपाल चेम्बर अफ कमर्सका महासचिव कमलेश अग्रवालले देशलाई आर्थिक रुपमा अगाडि बढाउन सरकारले निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.