पोखरा : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आज शुक्रबारबाट औपचारिक रुपमा शुरु हुँदैछ ।
पोखरा रंगशालामा विशेष समारोहका बीच उपराष्ट्रपति नन्दकिशोर पुनले नवौं राष्ट्रिय खेलकुदको उद्घाटन गर्नेछन् । अपराह्न ४ बजे उपराष्ट्रपति पुनले खेलको औपचारिक उद्घाटन गर्नेछन् ।
उद्घाटनमा ओलम्पियन टिका बहादुर बोगटीले ओलम्पिक फ्लेम प्रज्वलन गर्ने छन् भने उद्घाटन समारोहमा मार्चपास, झाँकी, गीत, नाचगान लगायतको कार्यक्रम रहेको छ ।
कुल ६ हजार १ सय ५७ खेलाडीको खेलाडीले ३६ खेलका लागि प्रतिस्पर्धा गर्नेछन् ।