१३औं साग: महिला फुटबलमा नेपालको हार, प्रशिक्षकको राजीनामा, कप्तानद्वारा सन्यास

काठमाण्डौं – पोखरामा जारी १३औं साग अन्तर्गत महिला फुटबल प्रतियोगितमा भारतसँग नेपालले हार व्यहाेरेकाे छ । सोमबार भएको फाइनल खेलमा भारतसँग नेपाल २–० ले हारेको हो ।

आफूले प्रशिक्षक रहेको टोलीको निल हार भएपछि प्रशिक्षक हरि खडकाले प्रशिक्षकबाट आजै राजीनामा दिएका छन् ।

१३औं सागमा महिला फुटबलमा स्वर्ण पदकको विश्वास गरेको तर परिणाम उल्टो आएपछि नैतिकताका आधारमा आफूले राजीनामा दिएको संचारकर्मीहरुसँग खडकाले बताए ।

त्यस्तै फाइनल खेलमा हार भएपछि महिला फुटबल टिमका कप्तान निरु थापा र डिफेन्डर मनमाया लिम्बूले अन्तर्राष्ट्रिय खेलमा सन्यासको घोषणा गरेकी छन् । कप्तान थापामा फर्वाड खेलाडी पनि थिइन् ।