सेन्ट्रल जोन भलिबलको उपाधि नेपाललाई

काठमाडौं : नेपालले एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कप अन्तर्गत महिलातर्फको उपाधि जितेको छ ।

बंगलादेशको ढाका मंगलबार उज्वेकिस्तानलाई ३–२ को सेटमा हराउँदै नेपाल च्याम्पियन बनेको हो ।

मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा नेपालले पहिलो सेट २५–२४ ले जितेको थियो ।

दोस्रो सेटमा उज्वेकिस्तान २५–२४ ले विजयी भयो । तेस्रो सेट नेपालले २५–१५ ले जित्यो । चौंथो सेट उज्वेकिस्तानले २५–२२ ले जित्दै खेल २–२ को अवस्थामा पुर्राए । त्यसपछि पाँचौं सेट १५–१० ले आफ्नो बनाउँदै नेपालले उपाधि रक्षा गरेको हो ।

यससँगै नेपाल अपराजित रहदै च्याम्पियन बनेको हो । यस्तै सेन्ट्रल जोनको महिलातर्फ नेपाल लगातार दोस्रो पटक च्याम्पियन बनेको हो । नेपालको यो दोस्रो अन्तराष्ट्रिय उपाधि समेत हो ।