यू-१९ काे उपाधिका लागि भारत र इंग्ल्याण्ड भिड्ने

आईसीसी यू–१९ विश्वकप क्रिकेटमा भारत फाइनलमा प्रवेश गरेको छ । उपाधिका लागि अब फाइनलमा भारतको भेट इंग्ल्याण्डसँग तय भएको छ । भारतले बुधबार राति भएको खेलमा अष्ट्रेलियालाई ९६ रनले पराजित गर्दै उपाधि नजिक स्थान बनाएको हो ।

टस जितेर पहिला ब्याटिङ गरको भारतले  निर्धारित ओभरमा ५ विकेट गुमाएर २९० रन बनाएको थियो । भारतका कप्तान यश ढुलले ११० तथा शेख रशीदले ९४  रनको पारि खेलेका थिए ।

२९१ रनको लक्ष्य लिएर मैदान उत्रिएको अष्ट्रेलियाका टिम ४१.५ ओभरमा १९४ रनमा रोकिन पुग्यो । भारतका लागि विकी ओस्तवालले ३ विकेट लिँदा निशान्त सिन्धू र रवि कुमारले दुई दुई विकेट हात पारे । भारत लगातार चौथो पटक फाइनलमा पुग्न सफल भएको हो ।