मेस्सीको रोजाईमा अब कुन क्लब पर्ला ?

एजेन्सी – विश्वमै प्रसिद्धी कमाइसकेका अर्जेन्टिनी खेलाडी लियोनल मेस्सी खेल जीवनलाई थप अगाडि बढाउन नयाँ क्लबको खोजीमा रहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।

मेस्सीले यसै हप्ता मात्र २० वर्षसम्म आवद्ध रहेका स्नेपिस फुटबल क्लब बार्सिलोनाबाट उनले बिदा लिएका छन् ।  क्लब छाड्नुअघि उनी जाने क्लबबारे कुनै चर्चा वा अडकलबाजी समेत चलेको थिएन ।

यतिसम्म कि उनले बार्सिलोना छाड्दैछन् भन्ने कुरानै कसैका लागि सोचको विषय बनेको थिएन । बरु, उनले फुटबल जीवनबाटै सन्यास लिनसक्ने अडकलबाजी चाहिं गरिएको अनुमान लगाउन सकिन्छ । उनको कप्तनीमा २०१८ को विश्वकप फाइनलमा अर्जेन्टिना फ्रान्ससँग पराजित भएपछि उनले अन्तर्राष्ट्रिय फुटबल खेलबाट सन्यास घोषणा गरेका थिए ।

तर खेल्न सक्ने उमेरमै उनले लिएको त्यो निर्णय धेरै समय टिक्न सकेन, सन्यासबाट फिर्ता आएको बताउनुपर्ने ठाउँमा पुर्याइदियो । त्यसपछि उनले खेल जीवनलाई निरन्तरता दिए ।

तर पछिल्लो पटक गत साता युरोपियन च्यान्पियन लिगमा बार्सिलोना क्वाटर चरणबाटै बाहिरिए । त्यो खेल जर्मनी फुटबल क्लब वार्यन म्युनिखसँग ८–२ गोलको अन्तरले बर्सिलोना पराजित भएको थियो । त्यसपछि भने उनी निकै तनावमा रहेको समाचारहरु सार्वजनिक भएको थियो ।

त्यसको केही दिनमै उनले बार्सिलोना छोड्न चाहेको पत्रका बार्सिलोनालाई पठाए । पत्रबारे बार्सिलोना मौन छ । पछिल्लोपटक बार्सिलोनामा परिवर्तन भइरहने नयाँनयाँ प्रशिक्षकसँगको उनको सम्बन्ध सुमधुर हुन नसकेको समाचारहरु आइरहेका थिए । यस्तै चर्चा सन् २०१८ को विश्व कप खेल्दा पनि नचलेको होइन । तर चर्चा चल्ने र सेलाउने हुँदै आइरहेको थियो ।

योपटक भने उनले आफू दुईदशकसम्म फुटबल जीवन बनाएका बार्सिलोनालाई उनले एकाएक यही मंगलबार पत्र नै लेखेर छाड्ने बताएपछि विश्वका विभिन्न क्लबको ध्यान तानिरहेको थियो नै । तर उनले अहिलेसम्म पनि मुख खोलेका छैनन् । सन्यास लिने सम्भावना देखिँदैन ।

यस्तै पपरिस्थितिबीच उनका बाबुले छोरा मेस्सीले इंग्लिस प्रिमियर लिग क्लब म्यान्चेष्टर सिटी (फुटबल क्लब)मा जान ईच्छुक देखिएको उनका बाबुले बताएको समाचारहरु शुक्रबारदेखि अन्तर्राष्ट्रिय एजेन्सीहरुले बाहिर ल्याएका छन् ।

अर्को, मेस्सीका पिताले फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी)लाई उनी म्यानचेस्टर सिटीबाट खेल्न चाहेको बताएको फ्रान्सेली पत्रिकाले खबर छापेका छन् । जब कि ब्राजिलियन स्ट्राइकर नेयमार जेआर पनि यसअघि बार्सिलोना छाडेदेखि नै पीएसजीमा छन् । बार्सिलोनामा रहँदा मेस्सी र नेयमारको केमेष्ट्री मिलेको धेरैको विश्वास थियो ।

अहिले विश्वका ठूला र धनी फुटबल क्लबीबच मेस्सीलाई भित्र्याउने होडबाजी चलेको छ । बार्सिलोनालाई पत्र बुझाउनु भन्दा पहिल्यै मेस्सीले म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डिवलालाई टेलिफोन गरेको चर्चालाई पनि एजेन्सीहरुले महत्वका साथ प्रसारण गरिरहेका छन् । तैपनि मेस्सी मौन बसेका छन् ।

स्पेनिस पत्रिका मार्काले त मेस्सीले पहिल्यैदेखि बार्सिलोना त्याग्न चाहेको आशयको समाचार बारम्बार प्रकाशित गरिरहेको छ । उसले मेस्सीले भेट गर्न चाहेको बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्तोमेउले भेट गर्न आवश्यक नभएको बताएको खबर पत्रिकाले छापेको छ ।

जेहोस् अब मेस्सी बार्सिलोना नफर्किने निश्चित छ, उनको रोजाईमा कुन क्लब पर्छ ? त्यो भने उनका करोडौं समर्थकहरुले थाहा अलिक दिन कुर्नैपर्ने भएको छ । अहिले नै मेस्सीले फुटबलबाट बाहिर निस्कने कदम चाल्दैनन् भन्ने कुरामा उनीहरुको एकमत छ ।