बार्सिलोना ला लिगाको शिर्ष स्थानमा फर्कियो

एजेन्सी – बार्सिलोना स्पेनिस ला लिगाको शिर्ष स्थानमा फर्किएको छ । मंगलबार राती भएको खेलमा रियल भालाडोलिलाई ५ – १ गोल अन्तरले पराजित गर्दै बार्सिलोना सिर्ष स्थानमा फर्किएको हो ।

बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सीले दुई गोल गरेका थिए । त्यस्तै अर्थुरो भिडाल, लेङटेन र लुईज स्वारेजले एक – एक गोल गरेका थिए । भने भालाडोलिको लागि किकोले एक गोल गरेपनी त्यो सान्त्वना गोलमै सिमित हुन पुग्यो ।

जितसँगै शिर्ष स्थानमा फर्कीएको बार्सिलोनाको १० खेलबाट २२ अंक जोडेको छ । पराजित भालाडोलिल भने ११ खेल खेल्दै १४ अंक सहित तालिकाको नवौं स्थानमा छ ।