प्रिमियर लिगमा लिभरपुल पराजित

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल पराजित भएको छ । शनिबार राति भएको खेलमा भिरपुल एभर्टनसँग २–० गोल अन्तरले पराजित हुन पुग्यो ।

प्रिमियर लिगमा लिभरपुलले लगातार तेस्रो खेलमा पराजय भोग्न बाध्य भयो । लिभरपुललाई पराजित गरेको एर्भटन भने अंक बराबरी गर्दै सातौं स्थानमा उक्लिएको छ ।

दुवै टिमको अंक ४० भए पनि लिभरपुल एक स्थान माथि रहेको छ ।
लिभरपुलको मैदानमा पाहुना टोली एभर्टन तेस्रो मिनेटमै अग्रता लिएको थियो । रिचार्लसनले गोल गर्दै अग्रता दिलाएका थिए ।

पहिलो हाफमा एक गोलको अग्रता लिएको एभर्टनले दोस्रो हाफमा भने पेनाल्टी मार्फत गोल थप्दै जित निकाल्न सफल भयो ।

८३ औं मिनेटमा जिल्फी सिगरसनले पेनाल्टी मार्फत गोल गर्दै २–० को जीत निश्चित गरेका थिए । यसैगरी प्रिमियर लिग अन्तर्गत फुलह्यामले सेफिल्ड युनाइटेडलाई १–० गोल अन्तरले पराजित गरेको छ ।

यी दुवै टिम रेलिगेशन जोनमा छन् । वर्नले र वेस्टव्रोम गोलरहित बराबरीमा रोकिँदा चेल्सी र साउथ ह्याम्पटन पनि एक एक गोलको बराबरीमा रोकिएका थिए ।

प्रिमियर लिगको शीर्ष स्थानमा ५६ अंक जोडेको म्यानचेस्टर सिटी रहेको छ भने दोस्रो स्थानमा म्यानचेस्टर युनाइटेड ४६ अंकसहित रहेको छ ।