प्रिमियर लिगमा चेल्सी विजयी

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी विजयी भएको छ । साेमबार राति भएको खेलमा चेल्सीले ब्राइटनलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

जोर्ज फिलोले २३ औं मिनेटमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमो एक गोल गरेको चेल्सीले दोस्रो हाफको शुरुमै गोल खान पुग्यो ।

५४ औं मिनेटमा ब्राइटनका लियोनार्दो टोसार्दले गोल गर्दै बराबरी गरेका थिए ।

५६ औं मिनेटमा रेसी जेम्सले गोल गरेपछि चेल्सीले पुनः अग्रता लिन सफल भयो ।

६६ औं मिनेटमा कुर्ज जुमाले गोल गरेपछि ३–१ को अग्रता सहित अघि बढ्यो ।

त्यसपछि थप गोल नभएपछि चेल्सी विजयीहुँदै स्पष्ट तीन अंक लिन सफल भयो ।

यस्तै अर्को खेलमा वुल्भसले सेफिल्ड युनाइटेडलाई २–० गोल अन्तरले पराजित गरेको छ ।