पोग्बाको गोलमा युनाईटेड शीर्ष स्थानमा

म्यानचेस्टर युनाईटेड इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार राति भएको खेलमा बर्नलीलाई १-० गोल अन्तरले पराजित गर्दै युनाईटेड शीर्ष स्थानमा उक्लिएको हो ।

बर्नलीको मैदानमा युनाईटेडलाई जित दिलाउन पाउल पोग्बाले निर्णायक गोल गरे । उनले खेलको ७१ औं मिनेटमा मार्कुस रासफोर्डको पासमा भली गोल गरेका थिए ।

पोग्बाको यो सिजनको दोस्रो गोल हो । बर्नलीलाई हराएसँगै युनाईटेड लिगको शीर्ष स्थानमा उक्लिएको छ । युनाईटेडले १७ खेलमा ३६ अंक जोडेको छ ।

युनाईटेडले लिभरपुललाई ३ अंकले पछि बनाएको छ । बर्नली १६ अंक जोडेर १६ औं स्थानमा रहेको छ । अर्को खेलमा सेफिल्ड युनाईटेडले न्युकासल युनाईटेडलाई १-० ले हराएको छ ।